काठमाडौं, ६ कार्तिक–प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १ अर्ब ८१ करोड ७१ लाख १४ हजार ३ सय ७९ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई दिन अघि सार्वजनिक गरेको तथ्यांक अनुसार कोषमा सो रकम जम्मा भएको हो।

कोषमा संस्थागत एवं व्यक्तिगत रुपमा रकम जम्मा भएको हो। कोषका अनुसार विभिन्न ६३ वटा संघ संस्थाले उक्त रकम दिएको उल्लेख छ। यो रकम कोषमा २०८१ साल असार मसान्तसम्म मौज्जाद रहेको एक अर्ब ५६ करोड ९८ लाख ९८ हजार रकम सहित हो।

यस्तै उक्त रकमको ब्याज २२ लाख २२ हजार ६ सय ४ रुपैयाँ पनि जोडिएको छ। तर सत्ता साझेदार नेपाली कांग्रेसले गत असोज २० गते ५० लाख दिने घोषणा गरेको थियो। उक्त रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले हस्तान्तरण गरेका थिए। तर, उक्त रकम अहिलेसम्म पनि कोषमा जम्मा भएको छैन।

गत असोज ११ गते र १२ गते आएको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशभर २६ अर्ब भन्दा बढीको क्षति भएको छ। २ सय ५० भन्दा बढीले ज्यान गुमाएका छन्। भत्किएको बिपी राजमार्ग अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *