फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

कपिलबस्तु, ६ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन चेतावनी दिनु भएको छ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले अरूलाई सिध्याउने उद्देश्यले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन लागेको सुनेको बताउँदै सरकारलाई अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन आग्रह गर्नुभयो।

नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो।

उहाँले अगाडि भन्नुभयो, ‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौँ। अरु पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन। अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफै समाप्त भएर जाने ठोकुवा गर्नुभयो। उहाँले भन्नुभयो, ‘संसारको इतिहासले बताएको छ। संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो। त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्।’

आफूहरूमा एमालेका अध्यक्ष केपी ओलीलगायत कसैसँग पनि बदलाको भावना नभएको स्पष्ट पार्नुभयो। उहाँले आफुहरु देश विकास कसरी गर्ने भन्ने विषयमा सहयोगी बन्न तयार रहेको बताउनुभयो।

अध्यक्ष नेपालले कतिपयले नेकपा ९एकीकृत समाजवादी० का बारेमा भ्रम फैलाउने काम भएको दाबी गर्नुभयो। उहहाँले भन्नुभयो, ‘एमालेमा विलिन हुने वा माओवादीमा मिसिन लागेको भनेर गरेको प्रचार गलत छ, हामी कसैसँग विलिन हुँदैन, आफ्नै खुट्टामा उभिन्छौं।’

उहाँले विचार र मन मिल्नेहरुसँग सहकार्य गरी मोर्चा भने बनाउने बताउनु भयो। अध्यक्ष नेपालले क्रान्तिकारीहरुबीच माओवादी, विप्लव र नेसपासँग मिलेर राजनीतिक मोर्चाबन्दी गरेको बताउँदै तत्तकाल एकता गर्ने पक्षमा भने नरहेको स्पष्ट पार्नुभयो।

लुम्बिनी प्रदेश कमिटीका अध्यक्षा तथा पार्टीका केन्द्रीय सचिव सोम प्रसाद पाण्डेको अध्यक्षमा सम्पन्न बैठकमा पार्टी अध्यक्षसहित पार्टीका उपमहासचिव मेटमणि चौधरी, सचिव शेरबहादुर कुँवरलगायतका केन्द्रयि नेताहरूको उपस्थिति रहेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *