विराटनगर, २१ भदौं–धरानमा एकै पटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना, उनीहरुका परिवार छन्।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २ जना इलाका प्रहरी कार्यालयका प्रहरी छन्। बाँकी सबै फुस्रे आर्मी क्याम्पमा सेना, तिनका परिवारहरु हुन्। आर्मी क्याम्पका २ बर्षका बालिकासहित ६२ जनामा संक्रमण देखिएको मेहताले बताए। दुईदिन अघि धरानमा ११ जना नेपाली सेनासहित १९ जना कोरोना संक्रमित देखिएको थियो।

धरानको फुस्रेस्थित आर्मी क्याम्पका ११ जना सैनिकहरुमा संक्रमण पुष्टि भएको हो। यस्तै, ५ जना भारतीय सैनिकमा पनि संक्रमण पुष्टि भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *