काठमाडौं, २१ भदौं–आज नियमित र चार्टर उडान मार्फत ७ सय भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्। कतार, साउदी अरब, युएई र चीनबाट गरी ७ सय ४१ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार युएईबाट दुईवटा विमानमार्फत् तीन सय भन्दा धेरै नेपाली आउँदैछन्। नेपाल एयरलाइन्सको उडानमार्फत् १५२ जना र एयर अरेबियाबाट १६० जना आउन लागेका हुन्। साउदी अरबबाट नेपाल एयरलाइन्समा २६६ जना र कतारबाट हिमालय एयरलाइन्समा १५२ जना आउँदैछन्।

चीनबाट एयर चाइनामार्फत ११ जना आउन लागेका प्राधिकरणले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *