काठमाडौं, २१ भदौं–क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाह फेरि पराजित भएको छ। गएराति ट्रिनिडाडमा सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग ७ विकेटले पराजित भएको हो।
टस जितेर पहिले ब्यािटङ गरेको जमैकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। सन्दीपले ४ ओभर खेल्दै २६ दिएर १ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो।
जमैकाले खेलेका ९ खेलमध्ये ३ जित र ५ मा हार बेहोरेको छ। एक भने रद्ध भएको थियो।
