काठमाडौं, २१ भदौं–जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, प्रदेश नं २, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको विभागले प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

सोमबार राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागका अनुसार मंगलबार राति देशभर सामान्यतया बदली रहि केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

यसैबीच विभागले सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहने जनाएको छ । “सामान्तः सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भनिन्छ । तर पछिल्लो चारपाँच वर्ष यता अक्टोबरसम्म पनि मनसुन सक्रिय रहेको देखिएको छ,” विभागकी मौसमविद् विभूती पोखरेल भन्छिन्, “सेप्टेम्बरको तेस्रो सातासम्ममा मनसुन सक्रिय हुने क्रम रोकिएन भने अक्टोबरसम्म पनि जानसक्छ ।”

यद्यपि अब देशैभर एकैपटक वर्षा हुने छैन । मनसुनी न्यून चापीय रेखा जता सर्यो ती स्थानमा वर्षा हुने विभाग बताउँछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *