नयाँ दिल्ली (एजेन्सी), २१ भदौं–भारतमा पछिल्लो २४ घण्टामा ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार एकैदिन ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एकैदिन पुष्टि भएको विश्वका सबै देशको भन्दा धेरै संख्या हो।

यस अवधिमा भारतमा कोरोना संक्रमणबाट एक हजार ४४ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा भारतमा देखिएको कोरोना संक्रमण र मृत्यु विश्वका सबै देशको भन्दा बढी हो।

भारतमा अहिलेसम्म संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय ७९ पुगेको छ। संक्रमितको संख्या ४१ लाख १० हजार नाघेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *