दमक, २१ भदौं–झापाको दमकस्थित सरस्वती माध्यमिक बिद्यालयमाा अध्ययनरत १३ जना दृष्ट्रिबिहिन बिद्यार्थीहरुलाई आज नगद रुपैयासहित खाद्यान्य सामाग्रीहरु वितरण गरेको छ । लागातारको लकडाउनसँगै दृष्ट्रिविहिन बिद्यार्थीहरुको दैनिक जीवन यापनमा समस्या भएपछि दमक र शिबसताक्षीका मनकारी सामाजिक अगुवाहरुले नगदसहित खाद्यान्य सामाग्रीहरु बितरण गरिएको हो ।

दमकस्थित पत्रकार मञ्चको कार्यालयमा आज एक कार्यक्रमबीच १३ जना दृष्ट्रिविहिन बिद्यार्थीलाई राहत वापत सामाग्रीहरु उपलब्ध गराइएको हो । सरस्वती माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत र केही परिक्षाका लागि तयारी बिद्यार्थीहरु दमकको विभिन्न वडाहरुमा बसोबास गर्ने गरेका छन् ।

उनीहरुलाई पछिल्लो समय खाद्यान्य सामाग्रीहरुसहित बस्ने घरको कोठा भाडा बुझाउन समस्या भएको दुखेसो गरेका छन् । लकडाउनले घर जान नपाएको र घरबाट पनि पैसासहित खाने सामाग्रीहरु आइनपुगेको उनीहरु बताउँछन् । घरबाट पैसा आइनपुग्दा घर धनीले कोठा भाडामा कचकच गरिरहेको र पैसा नर्तिर्ने हो भने कोठा छोड्न बाध्य बनाइराखेकोले आफूहरु ठूलो समस्यमा परेका छौं, उनीहरु भन्छन् ।

दमक-५ मा बसोबास गर्नुहुने झापा कमल गाउँपालिकाका युवराज घिमिरे, दमक-५ मा बस्ने भारत दार्जिलिङका राकेश राई, दमक-९ मा बस्ने संङ्खसुवासभाका पुर्णकुमार राई, दमक-५ मा बस्ने मेचीनगरपालिका काकडिभिट्टाका चन्द्र मगर, दमक-५ मा बस्ने संङ्खुवासभाका अमरदीप राई, दमक-५ मा बस्ने संङ्खुवासभाका सुवास लिम्बू, दमक-९ बस्ने धनकुटाका रामबहादुर राई, दमक-५ मा बस्ने धनकुटाका निके राई, दमक-५ मा बस्ने धनकुटाका प्रवित्रा राई, दमक-५ मा बस्ने तनहुकी सारदा सुवेदी, दमक-५ मा बस्ने दार्जिलिङका गंगा सुवेदी र दमक-५ मा बस्ने बिर्तामोडकी रोविता खातुन छन् ।

उनीहरुलाई नगद रु ५ सयसहित २५ केजी चामल, खाने तेल २ लिटर, चिनी २ केजी, नून २ केजी, दाल १ केजी, मटर १ केजी, लुगा धुने सावुन ३ थान, नुहाउने सावुन २ थान, भाडा माझ्ने सावुन २ थान, विस्कुट, चाउँचाउँ लगायतका उपभोग्य सामाग्रीहरु बितरण गरिएको छ ।

दृष्ट्रिविहिन बिद्यार्थीहरुलाई सामाग्रीहरु प्रदान गर्नुहुनेहरुमा झापा शिबसताक्षीका नेकपाका नगर अध्यक्ष समेत रहेका सामाजिक अगुवा महेन्द्र भट्टराई, सडक बालबालिका तथा गरिव तथा असहायहरुको निम्ति काम गर्नुहुने सन्तोस थोप्रा, जीएन नेयोङ, प्रेम राई, भुवन राई, भीम नेम्बाङ, तपन गुरुङ र गणेश अधिकारी छन् ।

त्यस्तैं, दमकका वनेम वीरु स्वामी, पाष्टर राजकुमार राई, बलु दुमी राई, आकाश थुलुङ राई, व्यवसायी चक्र राई, इन्द्रेणी बुकिङ काउन्टरका सञ्चालक दिपेश तामाङ, कमल ढुङ्गेल, उत्तम राई, होटल बाँसझ्याङका सञ्चालक रुद्रश्वोर राई, कृष्ण काश्यप घिमिरे, कबिध्वोज राई र अरुण राई छन् ।

कार्यक्रममा सहयोग अभियानको तर्फबाट राजनीतिकर्मी एबम् सामाजिक अगुवा महेन्द्र भट्टराई, वनेम वीरु स्वामी, पाष्टर राजकुमार राई र सामाजिक अभियान्त सन्तोस थोप्राले मन्तव्य राखेका थिए । उनीहरुले समाजमा शारिरिक रुपमै कमजोर वा अशक्तहरुलाई सरकारले सीप, क्षमता वा रुची अनुसार दीर्घकालिन आयआम्दानीतर्फ प्रोत्साहन गर्न आवश्यक रहेको बताएका थिए ।

यता, बिद्यार्थीहरुको तर्फबाट अमरदीप राईले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा सहजिकरण अनिलदेब राईले गरेका थिए भने पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल लगायत सहयोग सङ्कलन अभियानमा जुट्नुहुनेहरु र सञ्चारकर्मीहरुको समेत सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *