काठमाडौं, २२ भदौं–युईएफए नेसन्स लीग फूटबलमा स्पेनले युक्रेनलाई हराएको छ। समूह ए फोर अन्तर्गत अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले नेसन्स लीग युक्रेनलाई ४–० ले हराएको हो । स्पेनले तेस्रो मिनेटमै सर्जियो रामोसको गोलसँगै अग्रता बनाएको थियो। लगत्तै रामोसले २९ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल थपे।

रामोसले पछिल्ला १५ खेलमा स्पेनका लागि १० गोल गरेका छन् । त्यसपछि ३२ औं मिनेटमा स्पेनका लागि अंशु फातीले गोल थपे। फातीले ९५ वर्ष अघिको कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी बने। उनले १७ वर्ष ३ सय ११ दिनको उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गर्न सफल रहे। ​

फाती च्याम्पियन्स लीग र स्पेनिस लीगमा समेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन्। उनले पछिल्लो बिहिबार मात्र जर्मनीबिरुद्धको खेलमा डेब्यु गरेका थिए । त्यसपछि ८४ औं मिनेटमा फेरान टोरेसले स्पेनका लागि चौथो गोल गरेका थिए। यस्तै यस समूहकै अर्को खेलमा जर्मनी र स्विट्जरल्याण्डले एक–एक गोल बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसअघि जर्मनी पहिलो खेलमा स्पेनसँग १–१ को बराबरीमा रोकिएको थियो। त्यस्तै गएराति नै भएका अन्य खेलमा वेल्सले बुल्गेरियालाई १–० ले हराउँदा, रुसले हंगेरीलाई ३–२ गोल अन्तरले पराजित गर्यो। यसै गरी फारोस आइल्याण्डले एण्डोरालाई १–० ले हरायो। त्यस्तै फिन्डल्याण्डले आयरल्याण्लाई १–० ले हराउँदा ग्रिसले कोसोभोलाई २–१ले पारजित गर्यो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *