दमक, २२ भदौं–दमक लगायत गाउँघरमा पानी पिउनलाई प्रयोग गरिने ट्युवेल सम्बन्धी मिस्त्रीको काम गर्दै आएका झापा दमक-५ का गणेश धिमाल प्याराल्यासिस भएर एक वर्षदेखी यता घरैमा थलो परेर बसिरहेका छन् । उच्च रत्तचापबाट लामो समय पीडित ६५ वर्षिय गणेश धिमाल प्याराल्यासिस भएपछि ओच्छयानमा थला परेका छन् ।

गणेश धिमालको कम्मर मुनिका भाग चल्दैन् । उनी घरभित्र वा घर बाहिर सिकुवा वा आँगनमा टहलिएर दिनभरी बसिरहेका छन् । उनको घरमा दैनिक बिहान–साँझको चुला बल्न कठिन छ । गणेश धिमाल नै ओच्छ्यानमा परेपछि, आजभोली उनका १८ वर्षिय छोरा ज्यालादारी काम गर्न जान्छन् । छोराले पनि पिताको कामलाई अघि बढाएका छन् । यता, गणेश धिमाल ओच्छ्यानमा थला परेपछि उनका श्रीमति धनमाया पनि छर–छिमेकीको घरमा काम गर्न पुग्छिन् । र, त्यहिबाट आएको भरथेग सानो-तिनो पैसाले चामल, नुन, तेल, तरकारी र गणेण धिमालको उपचारमा खर्च जुटाउँछन् ।

दमक-५ सुकुमबासी गाँउमा बस्ने गणेश धिमालको आर्थिक अवस्था कमजोर छ । गणेश घिमालको एक छोरा र श्रीमति छन् । छोरा, श्रीमति र आफुसहित गणेश धिमालले तीनै जनाको लागि घर खर्च जुटाउन र जीवन यापनका लागि आवश्यक पर्ने आर्थिक जोहो गर्न काम गर्नुनै पर्ने अवस्था थियो । उनको कमाउने माध्यम भनेको ट्युवेल (कल) बनाउने मिस्त्री नै हो । तर, एक वर्षेदेखी यता गणेश आफै ओच्छ्यानमा थला परेपछि धिमाल परिवारलाई दै्रनिक जीवन यापनमा समस्या भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट वच्न लगातारको लकडाउनले छोरा वा श्रीमतिले बाहिर काम गर्न पाएनन् । माहामारीबाट घरैमा बस्न पनि पर्ने, काम गर्न बाध्यता भएपनि घरैमा बसेपछि दैनिक खाना व्यवस्थापनमा गणेश धिमालको परिवारमा समस्या भएको हो ।

यसैबीच, दमकमा सामाजिक कार्यगर्दै आइरहनुभएका वनेम वीरु स्वामी, पीडित धिमालको छिमेकी समेत रहेका सामाजिक अगुवा बलु ‘दुमी’ राई र दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अशिम राईको पहलमा धिमाल परिवारलाई राहत सामाग्रीहरु जुटाइदिएका छन् । ‘वनेम’ वीरु स्वामीका अनुसार चामल ३० केजी, नून २ पोका, चिनी २ पोका, खाने तेल २ पोका, मुसुरी दाल २ केजी, चना १ केजी, चाउचाउ, विस्कुट लगायतका खाद्यान्य सामाग्रीहरु छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *