काठमाडौं, २२ भदौ–सोमबार देशभर थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ।

त्यस्तै, सो अवधिमा मृतक थप ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।

विगत २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ७७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *