दमक (झापा), २२ भदौ–झापाका १५ सहित प्रदेश १ मा हालसम्मकै सर्वाधिक १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार ५८ महिला र ९७ पुरुष गरि देखिएको दैनिक संक्रमण अहिलेसम्मकै उच्च हो।
मन्त्रालयका अनुसार मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ।यसक्रममा प्रदेश राजधानी विराटनगर महानगरपालिकामा ५१ जनामा संक्रमण देखिएको छ।
जसमा २० महिला र ३१ पुरुष रहेकाछन् । मोरङको रतुवामाई नगरपालिकामा ५ पुरुष, बेलबारी नगरपालिकामा ५ पुरुष, जहदा गाँउपालिकामा १ महिला २ पुरुष र धनपालथान गाँउपालिकामा ३ पुरुषमा संक्रमण देखिएको छ।
त्यसैगरि, सुनसरीको इनरुवा नगरपालिकामा २४ महिला १८ पुरुष, इटहरी उपमहानगरपालिकामा ५ महिला १० पुरुष, धरान उपमहानगरपालिकामा ४ पुरुष, दुहवी नगरपालिकामा २ पुरुष, रामधुनी नगरपालिकामा १ पुरुष, गढी गाँउपालिकामा १ महिला १ पुरुषको पिसिआर परिक्षण पोजिटिभ आएको छ।
झापाको कनकाई नगरपालिकामा ७ महिला ६ पुरुष, विर्तामोड र बाह्रदशीमा १, १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। पाँचथरको फिदिम नगरपालिकामा ६ पुरुष र उदपुरको बेलका नगरपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ।
अर्कोतर्फ आज प्रदेशमा ५२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन, चतराबाट ३१ जना, वि।जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १० जया, विराट मेडिकल कलेज आईसोलेसनबाट ५ जया, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन्। प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९६ पुगेको छ।
त्यसैगरि, प्रदेशमा थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मोरङको विराटनगर र बुढीगंगाका गाँउपालिकाका समान १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
