काठमाडौं, २३ भदौं–नेपालमा कोरोना भायरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

४ वटा जिल्लाका एक महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुष गरी ६ जनाको मृत्यु भएको हो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

काठमाडौं उपत्यकामा ३९६ सहित देशभर थपिए ९०२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१ महिला र १९९ पुरुष गरी ३००, ललितपुरमा २१ महिला र १७ पुरुष गरी ३८ तथा भक्तपुरमा २६ महिला र ३२ गरी ५८ जना संक्रमित थपिएका हुन् ।

आज मन्त्रालयका अनुसार १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ । जसमध्ये ९०२ जना कोरोना पोजेटिभ पुष्टि भएका छन् । आज थपिएका कूल संक्रमितमध्य ३९६ जना उपत्यकाका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

योसँगै नेपालमा ३२ हजार ९६४ जना संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार ५ हजार ३१० जना क्वारेन्टाइनमा छन् । संक्रिय संक्रमितको संख्या १४हजार २ सय ५९ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *