दमक, २३ भदौं–झापाको शिवसताक्षीका एक स्वास्थ्य कर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरपालिकाका स्वास्थ्यकर्मी एकजना र वडा नं ६ शिवगञ्जका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शिवसताक्षी–६ का ४८ र ६५ वर्षीय महिला र ६ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि, शिवसताक्षी–६ शिबगञ्ज घर भएर विर्तामोड एनआईसी बैकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि कन्ट्रयाक्ट टेङसिङका क्रममा गएको १९ गते २५ जनाको स्वाव संकलन गरी पिसिआर परिक्षणका लागि धरान पठाइएको थियो । जसमा ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

शिवसताक्षी ६ का दुई महिला यसअघि देखिनै होम क्वारेन्टाइनमा बसेका थिए । हाल संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य सामान्य रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *