काठमाडौं, २३ भदौं–नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९०२ जनामा संक्रमण फला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २२८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३२ हजार ९६४ उपचारपछि निको भएका छन् ।
