काठमाडौँ, २४ भदौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरूको गुट जति छन्‌, राज्यकोष र दातृसहायता दोहन गर्न त्यो भन्दा धेरै प्रतिष्ठानहरू खोलिएका छन्‌। तर यी प्रतिष्ठानहरू जनजीवनका लागि असल काम गरी प्रतिष्ठा कमाउने भन्दा राज्यकोष दोहन गर्ने उद्देश्यले खोलिएका छन्‌।​ अझ, पार्टीभित्र विवाद चलिरहँदा यस्ता प्रतिष्ठानहरू सौदावाजीको औजार बनिरहेका छन्‌। प्रतिष्ठानभित्रै गुट-उपगुट मौलाउन थालेको छ।

विवाद समाधान गर्नका लागि महासचिव बिष्णु पौडेल नेतृत्वमा गठित कार्यदलले नै पार्टीभित्रका प्रतिष्ठानले गुट चलाएको उल्लेख गरेका छन्। कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदनमा प्रतिष्ठानका विषय उल्लेख भएपछि पार्टीभित्र गलत अभ्यासविरुद्ध निरन्तर संघर्ष गरेका भनिएका वरिष्ठ नेता माधवकुमार नेपाललाई नै ुतातो लागेकोु छ। किनकी, नेकपाका प्रतिष्ठानहरूमा उनी पनि छन्‌। उनले सबै प्रतिष्ठानमा गुटबन्दी नचलेकाले त्यसबारे प्रतिवेदनले स्पष्टसँग खुलाउनुपर्ने बताइरहेका छन्।

कार्यदलले तयार पारेको प्रतिवेदनमा प्रतिष्ठानबारे उल्लेख भएपछि वरिष्ठ नेता नेपाल चिढिनुको कारण पनि यही हो। किनकी, मदन भण्डारी फाउन्डेसन, पुष्पलाल र तुलसीलाल फाउण्डेसनमा नेता नेपालकै पकड छ। सरकारले मदन भण्डारी, पुष्पलाल, तुल्सीलाल, पासाङ ल्हामुलगायत प्रतिष्ठानलाई वर्षेनी बजेट समेत विनियोजन गर्दै आएको छ। माथि उल्लेख गरिएका बाहेक पनि नेकपाका नेतारकार्यकर्ताले अनेकानेक प्रतिष्ठानहरु खोलेका छन्‌। ती प्रतिष्ठानहरूलाई आफू र आफ्नो निकटका गुटको कार्यक्रम र भेला गर्न दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ।

मदन भण्डारीको नाममा गुटै-गुट

मदन भण्डारी फाउन्डेसनभित्र तीव्र गुटबन्दी चलेको छ। भण्डारीको नामबाट मात्रै देखिनेगरी चारवटा प्रतिष्ठान सञ्चालित छन्। मदन भण्डारी फाउन्डेसन, मदन–आश्रित प्रतिष्ठान, मदन भण्डारी अध्ययन केन्द्र र मदन स्मृति प्रतिष्ठान खोलिएको छ। तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा जीप दुर्घटनामा परेर मृत्यु भएको थियो। उनीहरुको सम्झनामा नेता नेपालले मदन–आश्रित स्मृति प्रतिष्ठान गठन गरेर चलाए। नेता नेपालले मदन–आश्रित प्रतिष्ठान गठन गरी चलाएपछि मदनपत्‍नी एवम्‌ हालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरुले ‘मदन–भण्डारी फाउन्डेसन’ खोलेर चलाइरहेका छन्‌।

‘प्रधानमन्त्रीले लोक-लाज ढाकेर प्रतिष्ठानमा समेत गुटबन्दी गर्न थाल्नुभएको यहीँबाट प्रष्ट देखिन्छ। अहिले प्रतिवेदनमा पनि त्यसबारे कुरा उठेको छ, नेतृत्वले त्यस्ता गुटबन्दी अभिप्रायले खोलिएका सबै प्रतिष्ठान बन्द गराउन सक्नुपर्छ, या त प्रतिष्ठानको उद्धेश्य बुझेर चलाउनुपर्छ, राज्यस्रोत दोहन र गुटबन्दी गर्न नेताहरूको नाम दुरुपयोग हुनु हुँदैन,’ ती नेताले भने। मदन–आश्रित प्रतिष्ठान नेता प्रदीप नेपालले चलाइराखेका छन्।

मदन स्मृति प्रतिष्ठान पनि ओल निकट नेताहरुले नै चलाइरहेका छन्। यस्तै, पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा पनि मदन भण्डारी अध्ययन केन्द्र स्थापना भएको छ। ‘हामीले प्रतिष्ठानमा गुटबन्दी चाहेका छैनौँ, तर, शीर्ष नेताहरुबाटै गुटबन्दी भइरहेका छ, त्यसैले कार्यदलको प्रतिवेदनमा उल्लेख हुनु स्वभाविक हो, त्यस विषयमा छलफल गर्न आवश्यक छ,’ ती नेताले भने।

अरुमा प्रतिष्ठानमा पनि भद्रगोल

नेकपाका पुष्पलाल र तुलसीलाल प्रतिष्ठान पनि उस्तै भद्रगोल अवस्थामा छन्‌। पुष्पलाल प्रतिष्ठानमा वरिष्ठ नेता नेपाल आवद्ध छन्‌। पुष्पलाल प्रतिष्ठानको नेतृत्व नेता नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालले गरिरहेका छन्। कम्युनिष्ट पार्टीका महासचिव स्व। तुलसीलाल अमात्य प्रतिष्ठानको नेतृत्व गोपाल शाक्यले गरिरहेका छन्। यसमा पनि नेता नेपाल आवद्ध रहेका छन्। यस्तै, पूर्वप्रधानमन्त्री स्व मनमोहन अधिकारीका नाममा पनि स्मृति प्रतिष्ठान गठन गरिएको छ। यसको नेतृत्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरिरहेका छन्।

‘पार्टीमा ठूला प्रतिष्ठानहरुले गुटबन्दी गरेका होलान्। तर, हामीले सहाना प्रधानजस्तो उच्च व्यक्तिको नाममा राजनीति गरेका छैनौँ, गर्दैनौँ पनि !’ उनले थाहाखबरसँग भनिन्, ‘तत्कालीन अध्यक्ष झलनाथ खनालसँग सहकार्य गरे प्रतिष्ठान चलाएका छौँ, प्रधानले महिला आन्दोलन र उद्योगमन्त्री हुँदा देशलाई आत्मनिर्भर कसरी बनाउने विषयमा भिजन ल्याउनुभएको थियो। तर, सबै पूरा हुन सकेनन्, त्यसैले उहाँको विचार र धारणासँग केन्द्रीत भएर अहिले पनि हामी छलफलमा जुटेका छौँ।’

प्रतिष्ठानको अध्यक्ष आफू भएपनि संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम र उहाँको छोरा उमेशलाल प्रधान रहेको झाँक्रीले बताइन्। उनले थपिन्‌, ‘हामीले यहाँ पनि गुटबन्दी चलाउन चाहेको भए प्रधानमन्त्रीदेखि पार्टीका उच्च नेतृत्वका नेताहरुलाई समावेश नै गर्ने थिएनौँ नि !’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *