एजेन्सी, २४ भदौं–पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले स्वीडेनविरुद्ध खेलमा गोल गर्दै राष्ट्रिय टोलीका लागि सय गोलको आँकडा पूरा गरेका छन् । नेसन्स लिगअन्तर्गत क्रोएसियाविरुद्धको खेल गुमाएका रोनाल्डोले स्विडेनविरुद्ध दुई गोल गरेका थिए ।

रोनाल्डोले २०२० मा देशका लागि पहिलो खेल खेल्दै दुई गोल गरेर १०१ गोल पूरा गर्दै देशका लागि सय गोल पूरा गर्ने दोस्रो खेलाडी बने । रोनाल्डोले आफूमाथिको टिप्पणीहरु अनुसरण नगरेको बताए । उनले यो एक विचार भएकाले सबैले भन्‍न पाउने उनको धारण थियो ।

‘मलाई थाहा थियो कि मैले यस स्टेडियममा एउटा छाप छाडेको थिएँ । यदि मैले खेलेँ भने म फेरि छाप छाड्ने छु भन्ने विश्वास थियो । मलाई उत्तेजनाको वास्ता छैन,’ रोनाल्डोले भने, ‘मैले आफ्नो करियरमा के गरेको छु भनेर आफैं बोल्नेछ । मैले कसैलाई केही प्रमाणित गर्नु पर्दैन । मैले आफूलाई प्रमाणित गर्नु पर्ने कुरा मैदानमा देखाएको छु ।’

सय गोलको आँकडा पूरा गरेपछि रोनाल्डोले भने, ‘म धेरै खुसी छु । पहिलो कुरा हामीले खेल जितेका छौं । त्यसपछि सय गोलको आँकडा पूरा भयो । दुई गोलले मलाई धेरै खुसी तुल्यायो । मेरो भविष्य मलाई पनि थाहा छैन । तर, यी युवा खेलाडीहरूसँग खेल्न मलाई धेरै राम्रो लागेको छ ।’

रोनाल्डोले सय गोलको आँकडा पूरा गरेपछि अब राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा गर्ने लक्ष्य रहेको बताए । उनले त्यसका लागि अब आफूले त्यो कदम चालेको बताए । राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानी इरानका लेजेन्ड अली डेईको नाममा छ । उनले इरानका लागि १०९ गोल गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *