काठमाडौं, २४ भदौं–काठमाडौं महानगरपालिका २१, न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३१ बस्‍ने ४४ वर्षीय राजकाजी खड्गी छन् । उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका २३, धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *