शिबगञ्ज, २४ भदौं–दक्षिणी झापाको शिबगञ्जमा कोरोना भाइरसको संक्रमण तिब्र ढंङ्गमा फैलिरहेको छ । शिबसताक्षी–६ मा पर्ने शिबगञ्ज बजारमा बुधबारसम्म ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

१८ गते राती १२ बजेदेखी लागुहुने गरी शिबगञ्जलाई सिल गरिएको छ । गत भदौं १८ गते शिबगञ्जकी एक महिलामा कोरोना सक्रमण भएसँगै दिनानुदिन संख्यामा बृद्धि भइरहेको छ । उनी बिर्तामोडस्थित एक बैंकमा कार्यरत हुन् ।

सो महिलाको सम्पर्कमा आउने सवैको पिसिआर परिक्षणका लागि स्वाव सङ्कलन गरेर भद्रपुर र बिराटनगर पठाइएको वडाअध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

                                           तस्विर सौजन्यः सुजन भेटुवाल (शिबगञ्ज)

उनलाई संक्रमण पुष्टि भएपछि आज (बुधबार) सम्म यो संख्या ७ जना पुगेको हो । हाल, ६ वर्षिय एक बालकससहित शिबगञ्जमा कोरोना संक्रमण हुनेको संख्या ७ पुगेको हो ।

त्यस्तै, शिबगञ्ज बजारमै एक फलफुल व्यापारीलाई समेत संक्रमण पुष्टि भएको छ । उनीसंगको सम्पर्कमा जोडिएका दुई महिलामा कोरोना संक्रमण देखिएको बताइएको छ । यससंगै पछिल्लो समय वडामा संक्रमितको संख्या ७ पुगेको छ । त्यसअघि पनि सो वडामा विदेशबाट आएका अरु ३ जनामा संक्रमण देखिएको थियो । उनीहरु भने निको भएर घर फर्किसकेका छन् ।

यता, वडामा कोरोना पोजेटिभको संक्रमण देखिएसँगै वडा कार्यालयले शिबसताक्षी–६ लाई कोरोना भाइरसको जोखिम भएको भन्दै सिल गर्ने भएको छ ।

                                                   तस्विर सौजन्यः सुजन भेटुवाल (शिबगञ्ज)

वडाअध्यक्ष कार्कीका अनुसार जोखिम नियन्त्रण गर्न पूर्वमा माई (कनकाई) नदी, पश्चिममा शान्चि चौकहुदै दक्षिणतर्फ शाखा नहर ३ का सडकहुदै शिबसताक्षी–५ को सिमाना, उत्तरतर्फ मकलडुब्बाको पुलबाट पूर्व माई (कनकाई) खोलासम्म र दक्षिणमा वडा नं ५ को सिमानासम्म आज भदौं १८ देखी लागूहुने गरी र अर्को निर्णय नभएसम्मलाई सिल गरिएको हो ।

वडा कार्यालयमा वडा समितिको बैठकले सिल गर्ने निर्णय गरेको जानकारी गराउदै वडाअध्यक्ष कार्कीले स्वास्थ्य केन्द्र, अस्पताल, औषधी पसल, भेटनरी पसलहरु खुल्ला रहने र अन्य सवै खाले व्यवसाय, उद्योग, सवारी साधनहरु पूर्णरुपले बन्द गरिने जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार अर्को सुचना प्रकाशन नभएसम्म यी स्थानहरुमा लगाइएको शिल यथावत रहने छ । यसबीचमा शिबगञ्जवासीहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा लागि लगाइएको सिललाई पालना गरेर सहयोग गरिदिन समेत कार्कीले आग्रह गरेका छन् ।

                                                    तस्विर सौजन्यः सुजन भेटुवाल (शिबगञ्ज)

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *