दमक, २४ भदौ–झापाको शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द भएको छ। नगरपालिका बोर्डको बुधबार बिहान बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भदौ महिनाभरि कार्यालय बन्द गरेको हो ।

मंगलबार नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि बोर्ड बैठकले कार्यालय बन्द गर्ने निर्णय गरेको ९ नम्बर वडाका वडाध्यक्ष छविलाल पाठकले बताए।

तर, नगरपालिकाका ११ वटै वडा कार्यालय भने खुल्ने भएका छन् । यसअघि वडा कार्यालय बन्द थिए। यो नगरपालिकामा जम्मा ६ जनालाई मात्रै कोरोना संक्रमण देखिएको छ। अत्यावश्यक काम टार्न वडा कार्यालयहरू खोल्ने निर्णय भएको पाठकले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *