विराटनगर, २५ भदौं–विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेलसहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महानगरका जनप्रतिनिधिमा कोरोना देखिएको यो पहिलो घटना हो।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरेलको पोजेटिभ रिपोर्ट आएको महानरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ। महाशाखा प्रमुख रमेश कार्कीले वडा अध्यक्षको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

वडा अध्यक्ष पोखरेलले पनि आफ्नो रिपोर्ट पोजेटिभ आएको भएपनि कुनै लक्षण र समस्या नरहेको जानकारी दिए। उनी होम आइसोलेशनमा बसेका छन्। योसगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३५१ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *