शिबगञ्ज, २५ भदौं–आज (बिहिबार) २ महिला र १ पुरुषसहित झापाको शिबसताक्षी–६ शिबगञ्जमा ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको शिबसताक्षी–६ का वडाअध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । आज पुष्टि भएको ३ जनासँगै शिबगञ्जमा संक्रमित हुनेको संख्या ११ पुगेको छ ।
१८ भदौंमा बिर्तामोडस्थित एक बैंकमा कार्यरत शिबगञ्जकी एक महिलामा कोरोना संक्रमण भएसँगै संक्रमितिको संख्यामा ह्वात्तै बृद्धि भएको हो । शिबगञ्जमा पहिलो संक्रमित महिलाको सम्पर्कमा आएका सवैको पहिचान गरेर स्वाव सङ्कलन गरेर परिक्षणका लागि भद्रपुृरस्थित कोरोना कोभिड अस्पतालमा पठाइएको थियो ।
त्यस्तैं, २१ गते, शिबगञ्ज बजारमा एक फुलफुल व्यवसायी संक्रमण पुष्टि भएको थियो । ती व्यवसायीसँग सम्पर्कमा आएका सवैको स्वाव संङ्कलन गरेर परिक्षणका लागि पठाइएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए ।
संक्रमितहरु मध्ये ७ वर्षिय बालक समेत छन् । उनीहरुको पछिल्लो अवस्था सामान्य रहेको वडा अध्यक्ष कार्कीले जानकारी गराए ।
