काठमाडौं, २५ भदौं–सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेकी छन्। अमेरिकाको न्यूयोर्कस्थित फ्लुशिङ मियडोसमा राति सम्पन्न खेलमा विलियम्सले बुल्गेरियाकी स्टेभाना प्रिन्कोभालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी हुन्।
विलियम्सले स्टेभानालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गरिन्। युएस ओपनको ६ पटककी च्याम्पियन अमेरिकी खेलाडी विलियम्स ३ वर्षपछि कोटमा फर्किएकी हुन्।
क्वाटर्फाइनलमा ३२ वर्षीया स्टेभानालाई पराजित गरेकी ३८ वर्षीया विलियम्सले फाइनल प्रवेशका लागि कुनै समयकी विश्व नम्बर एक भिक्टोरिया अजारेन्का र १६ औँ वरियताकी बेल्जियन एलिस मर्टेन्सबीचको विजेतासँग खेल्नुपर्नेछ ।
