काठमाडौं, २५ भदौं–बितेको २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। कुल संक्रमित संख्या ५० हजार ४ सय ६५ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार सात सय पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *