काठमाडौं, २५ भदौं–देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो एक दिनमा १ हजार ८ सय १८ जना संक्रमित कोरोनामुक्त भएका छन्।
हालसम्म ७१ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्। जसअनुसार आजसम्म ३५ हजार सात सय संक्रमित डिस्चार्ज भएका हुन्। देशभर कुल संक्रमित संख्या भने ५० हजार ४ सय ६५ पुगेको छ। आज देशभर १४ हजार ४ सय ४८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै ८ हजार १० जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए। आज देशभर ११ हजार १ सय ४४ पिसिआर परीक्षण भएका उनले बताए। त्यस्तै ८०१० जना संस्थागत आइसोलेसनमा रहेका छन्। होम आइसोलेसनमा रहेकोको संख्या भने ६ हजार ४ सय ३८ छ।
