शिबगञ्ज, २५ भदौं–झापाकपो शिवसताक्षी–६ शिबगञ्जमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ९ वर्षीय, ३८ वर्षीय, ३९ वर्षीय पुरुष र ६ वर्षीय र २८ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको दुधेस्थित सतासी आधारभुत बिद्यालयको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जनाकारी दिए ।

उनीहरु सबैलाई होम आइसोलसनमा राखिएको नगरपालिकाले जनाएको छ । बुधबार दुई महिलामा कोरोना पुष्टि भएकोमा एक जनामा रिर्पोट नेगेटिभ आएको संयोजक अधिकारीले जानकारी दिए । बिहिबारसम्म वडा नं ६ मा मात्र संक्रमितको संख्या ११ पुगेको छ ।

मंगलबार नगरका स्वास्थ्य संयोजकलाई कोरोना देखिएपछि आज ९७ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसअन्तर्गत, दुधेस्थित सतासी प्राविको क्वारेन्टानका १५ जना, होम क्वारेन्टाइनका ९, बाहिर सम्भावित स्थानबाट १ जना र अन्य नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि रहेको संयोजक अधिकारीले जानकारी दिए ।

हाल नगरमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । एक जना शिवसताक्षीमा कार्यरत दमक निवासी हुन् भने, तीन जना पाथिभरा शसस्त्र प्रहरी गणमा कार्यरत प्रहरी हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *