बिर्तामोड, २५ भदौ-झापामा आज ६ वर्षीयसहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका पाँच स्थानीय तह शिवसताक्षी–६ मा २ महिला र ३ पुरुष गरी ५ जना, कमल–६ मा २ पुरुष, बाह्रदशी–५ मा २ पुरुष, भद्रपुरमा २ पुरुष र दमक–१० मा भारतबाट आएका एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भद्रपुरका संक्रमित भारतबाट आएका हुन् । उनीहरुमध्ये १ जनाको ठेगाना हेटौँडा हो भने अर्का मुगु हो । कुल संक्रमित मध्ये ३ जना भारतबाट आएका हुन् भने बाँकी स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बाह्रदशीमा भेटिएका कोरोना संक्रमित एक जना कनकाई ठेगाना भएको कार्यालयले जनाएको छ ।
