विराटनगर, २५ भदौं–विराटनगरको कोसी कोभिड अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ । श्वास प्रश्वासको समस्या र शरीरमा अक्सिजनको कमी देखिएकी विराटनगर १९ की ती महिलालाई कोसी अस्पतालको आइसोलेसनबाट कोभिड रेफर गरिएको थियो ।

चिकित्सक दीपक सिग्देलका अनुसार उच्च रक्तचाप र मोटोपनको समस्या भएकी ४४ वर्षीय महिलाको आज साँझ उपचारको क्रममा मृत्यु भएको हो । चिकित्सक सिग्देलले महिलामा विगत ५ दिनदेखि ज्वरोको लक्षण रहेको जानकारी दिएका छन् ।

उनको शरीरमा अक्सिजनको मात्रा १८ प्रतिशत थियो । यो निकै कम हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *