–म १८ वर्षीया विवाहित युवती हुँ। भनिन्छ, जब एक भर्जिन युवतीले पहिलो पटक सेक्स गर्छिन्, रगत आउँछ, जुन कुमारित्वको संकेत वा प्रमाण हो, तर मेरो रगत आएन । यो कसरी हुन्छ ? कसलाई यस्तो हुन्छ र कसलाई हुँदैन ?

विशेष गरेर युवतीको कौमार्य विकसित मानव सभ्यताको मात्र नभई पहिलेदेखि नै मानव यौनिकताको महत्वपूर्ण रहँदै आएको पाइन्छ। विवाहमा कुमार केटालाई कन्या केटी खोज्ने चलन भएपनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए–नभएको कुराले निकै महत्त्व राख्ने गरेको पाइन्छ।

यस्तो स्थितिका कन्या कुमारीलाई अतः योनि भनिन्छ र अंग्र्रेजी शब्द भर्जिन यसकै लागि प्रयोग गरिन्छ। कुमारित्व वा कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो । धेरैजसो स्थितिमा कौमार्य भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीण गर्ने अनेक उपाय गरिएको पाइए पनि विशेष गरेर महिलाको योनिच्छेद दुरुस्त छ कि छैन भन्ने कुरामा भरपर्ने गरेको देखिन्छ।

योनिच्छद के हो ?

योनिच्छद भनेको योनिद्वार नजिक रहेको पातलो छालाको झिल्ली हो । अंग्रेजीमा यसलाई ह्यामेन भनिन्छ । यसको आफ्नो कुनै निश्चित कार्य विशेष भने जानकारीमा आएको छैन, तर यसमा भएका प्वालहरूबाट महिनावारी हुँदा आउने रगत निस्कन ठाउँ मिल्छ । घेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्ताबाट अलिकति मात्र बढेको हुन्छ अर्थात् योनिद्वारलाई पूरै मात्रामा ढाकेको हुँदैन ।

योनिच्छदको आकार, बनावट तथा मोटाई अनि त्यसको लचकता व्यक्तिअनुसार निकै फरक हुन सक्छ । योनिद्वारको वरिपरी घेरा हालेजस्तो भए अन्नुलर योनिच्छद भनिन्छ भने यो झिल्लीको बीचबाट केही पट्टी भएको योनिच्छदलाई सेपटेट भनिन्छ। कुनै योनिच्छद चाल्नीजस्तै प्वाल–प्वाल परेको हुन्छ, जसलाई क्लिब्रिफर्म भनिन्छ। शिशु जन्माइसकेका महिलामा भने यसको केही अंशको घेरामात्र पाइन्छ। विरलै मात्र यो पूर्णरूपमा बन्द अवस्थामा हुन्छ।

कौमार्य परीण

पहिले योनिच्छद च्यातिएको वा नच्यातिएका आधारमा युवतीको कुमारित्वको आँकलन गरिन्थ्यो। प्रत्य रूपमा यो च्यातिएको थाहा पाउन विभिन्न उपाय गरिन्थ्यो। विवाहपछि नवविवाहितासँग पहिलो यौनसम्पर्कमा रगत आउनुलाई नै योनिच्छद च्यातिएको प्रमाणका रूपमा लिइन्थ्यो अर्थात् अत९योनि भएको प्रमाण। मध्ययुगमा कन्याको पिसाब र स्तनलाई आधार बनाइएको पाइन्छ। अतयोनि कन्याको पिसाब सफा र चम्किलो हुने र स्तन झोल्लिएको नभएर केही माथितिर फर्किएको हुने विश्वास गरिन्थ्यो।

भारत वर्षमा पनि ‘कुकरीकी रश्म’, पानीकी धीज अनि अग्निपरीाजस्ता परिण गरिएको कुरा उल्लेख छ। अहिले विशेष गरेर एचआईभीको प्रकोप बढ्दै गएको सन्दर्भमा कौमार्य परीण कतिपय आधुनिक समाजमा पुनस् चर्चाको विषय बनेको छ। महिलाहरू विवाहपूर्व एकदमै पवित्र हुनुपर्ने कडा मूल्य९मान्यता भएका केही मुलुकमा योनिच्छद छ-छैन भनेर परीण गर्ने चलन फैलँदो छ, तर यस्ता कुरा महिलामाथिको हिंसा हो भनेर महिला अधिकारवादी संस्थाहरूले विरोध गर्ने गरेका छन्।

के पहिलो चोटी सेक्समा रगत आउनै पर्छ त ?

वर्षौंदेखि कुनै युवती वा महिला कुमारी हुन्हो– होइनन् भन्ने कुरालाई आधार मानिए पनि यो योनिच्छद भए–नभएको आधारमा कुमारित्व वा कौमार्यको निर्धारण गर्न सकिने स्थिति छैन। किन त रु भन्ने प्रश्न धेरैमा आउन सक्छ।

कुनैकुनै युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। प्रथम यौनसम्पर्क हुनुपहिले नै कतिपय युवतीमा शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ।

भनिन्छ, खेलकुदमा भाग लिंदा, घोड्चढी गर्दा, साइकल चढ्दा वा अन्य व्यायामका कारण योनिच्छद च्यातिन सक्छ। त्यसैगरी महिनावारीको रगत सोस्न प्याडको सट्टा प्रयोग गरिने पनि योनिच्छद च्यातिने कारण हुन सक्छ। अहिले विवाहको उमेर पछिल्तिर धकेलिएको छ, त्यसैले कैयौं किशोरी वा युवतीले हस्तमैथुनको माध्यमवाट आफ्नो यौनेच्छा पूरा गरेका हुन्छन् ।

त्यसक्रममा कतिपयले औंलाका साथै अन्य वस्तुको प्रयोग गरेका हुन सक्छन् । त्यसैले कतिपय युवतीले हस्तमैथुन गर्ने क्रममा आफ्नो योनिच्छद च्यात्न सक्छन्। त्यसैले कुनै युवती पूर्णरूपमा कुमारी भएपनि अर्थात् सेक्स नै नगरेको भए पनि पहिलो सेक्सका बेला पटक्कै रगत नआउन वा कुनै पीडा नहुन सक्छ।

अर्कातिर, केही युवतीको योनिच्छद निकै लचिलो हुनसक्छ। अति नै लचिला योनिच्छद यौनसम्पर्क राखेपछि पनि नच्यातिन सक्छ। त्यसैले योनिच्छद हुँदैमा यौन क्रियाकलापमा संलग्न नरहेको प्रमाणित गर्न सकिँदैन। केही मुलुकमा अचेल योनिच्छद च्यातिसकिएको भए पनि शल्यक्रिया गरेर पुनस् बनाइने गरेको पनि पाइन्छ, जसले योनिच्छदलाई कुमारित्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ।

अब त पक्कै बुझिसक्नुभयो होला, योनिच्छद वा प्रथम यौनसम्पर्कमा रगत आउनुलाई कुमारत्व वा कुमारीत्वको आधार बनाउनुक विज्ञानसम्मत छैन। त्यसैले यो विषयमा अनावश्यक रूपमा चिन्ता गर्नु मनासिब हुँदैन।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *