एजेन्सी, २६ भदौं–जापानी खेलाडी नाओमी ओसाका युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन्। चौंथो वरियताकी ओसाकाले शुक्रबार बिहान भएको स्पर्धामा जित हासिल गर्दै फाइनल यात्रा तय गरेकी हुन्।

ओशाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेकी हुन्। घरेलु खेलाडीलाई पराजित गर्ने क्रममा ओसाका राम्रो लयमा देखिएकी थिइन्। सन् २०१८ की विजेता ओशाकाले ब्राडीलाई ७–६ ९१० ३–६ र ६–३ को सेटमा जित निकालेकी हुन्।

२२ वर्षीया ओशाकाले अर्के सेमिफाइनलमा विजयी हुने सेरेना विलियम्स या भिक्टोरिया अजारेन्कामध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन्। फाइनल शनिबार हुनेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *