डुडामारी, २६ भदौं–कोरोना भाइरसको संक्रमणसँगै लकडाउनको समयमा घर नजिकैको होलीमा करेन्ट लगाएर माछा मार्दैगर्दा झापाको शिबसताक्षीमा एक युवाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार करेन्ट लगाएर माछा मार्नेक्रममा शिबसताक्षी–८ डुडामारी दक्षिण विकास चौकका ३५ वर्षिय महेन्द्र शेर्मा लिम्बूको ज्यान गएको हो ।

शेर्मा दमकस्थित हिमालय माध्यमिक बिद्यालयका अंग्रेजी विषयका शिक्षक हुन् । प्रहरीका अनुसार दिउँसो घर नजिकैको होलीमा करेन्ट लगाएर माछा मार्दै गर्दा अचालक बिजुली ल्याइएको तारमा सर्ट हुदाँ शेर्मा भुइमा बिहोस भई लडेका थिए ।

शेर्मालाई अचेत अवस्थामा दमकस्थित लाइफ लाईन अस्पतालमा उपचार्थ ल्याउदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *