एजेन्सी, २६ भदौं–अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनेल मेस्सी अर्को महिना हुने विश्वकप छनोट अन्तर्गतको खेलमा सहभागी हुन पाउने भएका छन्। अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापिआले मेस्सीको प्रतिबन्ध अवधि पूरा भएकाले विश्वकप छनोटमा सहभागी हुने जनाए।

क्लाउडिपोले विश्वकप छनोटको इक्वेडर र बोलिभियाविरुद्ध खेलमा प्रतिबन्धको हद पार भइसकेको जनाउँदै मेस्सीले खेल्न पाउनुपर्ने दक्षिण अमेरिकी फुटबल महासंघ समक्ष अपिल गरेका थिए। कोनाम्बेलले अपिलको अध्ययन गर्दै मेस्सीको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएको छ। गत वर्ष जुलाईमा भएको कोपा अमेरिकाको दौरान मेस्सी प्रतिबन्धमा परेका थिए।

चिलीविरुद्ध तेश्रो स्थानका लागि भएको खेलमा मेस्सी र चिलीका कप्तान ग्यारी मेडेलबीच वाद-विवाद हुँदा रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए। मेडेलले मेस्सीलाई छातीले धकेलेपछि विवाद भएको थियो। त्यसपछि मुख्य रेफ्री माउरियो डियाज डि भिभारले रातो कार्ड दिँदै दुवै कप्तानलाई मैदान बाहिर पठाएका थिए।

चिलीविरुद्धको २–१ गोल अन्तरको जितपछि मेस्सी टिमका अन्य साथीहरुसँग तेश्रो स्थानको मेडल लिनसमेत गएनन्। सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि अफिसियलहरुको कडा आलोचना गरेकैले आफूलाई रातो कार्ड देखाएको बताएका थिए। उनले कोपा अमेरिकाको उपाधि ‘ब्राजिलकै लागि फिक्स’ गरिएको विवादास्पद टिप्पणी गरेपछि कोनाम्बेलले उनलाई एक खेल प्रतिबन्धको कारबाही गरेको थियो।

गत वर्ष नोभेम्बरमा ब्राजिल र उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दा पनि मेस्सी टिममा सहभागी थिए। ब्राजिल विरुद्धको जितमा उनले निर्णायक गोल गरेका थिए। उरुग्वेविरुद्ध २–२ गोलको बराबरीमा भएको खेलमा मेस्सीले इन्जुरी समयमा गोल गर्दै हार टारेका थिए।

यद्यपि प्रतिबन्ध आधिकारिक खेलको लागि रहेको कोनाम्बेलले जनाएको छ। कोरोना भाइरसका कारण २०२० मा कुनै अन्तर्राष्ट्रिय खेल हुन नसक्दा मेस्सीले प्रतिबन्ध भोग्ने खेल आयोजना नै हुन सकेन। तापिआलेका अनुसार मेस्सीले प्रतिबन्ध अवधि पार गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *