पर्वत, २७ भदौं–कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचाररत स्याङ्जाका एक पुरुषको पोखरामा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको शनिवार बिहान साढे ६ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा.अर्जुन आचार्यले पुष्टि गरेका छन्।

सङ्क्रमणको पुष्टि भएपछि भदौ २४ गते ती पुरुषलाई उपचारको लागि भर्ना गरिएको थियो। योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु हुनेहरूको सङ्ख्या २३ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *