काठमाडौं, २७ भदौं–चितवनमा रुखको हाँगा काट्ने क्रममा दुईजना सैनिकको मृत्यु भएको छ। गणको कम्पाउण्डमा रहेको रूखको हाँगा काट्ने क्रममा कालिका नगरपालिका-८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुईजना सैनिकको शनिबार मृत्यु भएको हो।
रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। गोरखा घर भएका सुबेदार मेजर राजुबाबु श्रेष्ठको उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको र अर्का सैनिक जवान साजन कुमालको भने भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
उनीहरुले काटेको रुखले करेन्ट प्रशारण भइरहेको तारलाई छोएपछि घटना भएको बताइएको छ।
