विराटनगर, २७ भदौं–कोरोना भाइरसको संक्रमणका कारण शनिबार विराटनगरमा थप एक जनाको मृत्यु भएको छ। कोसी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।
भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका डा दीपक सिग्देलका अनुसार मृतकमा सुगर र प्रेसरको समस्या थियो।
वृद्धको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। प्रदेश १ मा अहिलेसम्म मृत्यु भएका ४७ जनामा कोरोना देखिएको छ।
