काठमाडौं, २७ भदौं–पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज शनिबार उपत्यकाका तीन जिल्लामा थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार उपत्यकामा ६९६ जनामा संक्रमण पुष्टि भएको थियो ।

उपत्यकामा थपिएका संक्रमित आज नेपालमा कोरोना पुष्टि भएका १,२०१ जनामध्येका हुन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज ९शनिबार० थप १,२०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३७ हजार ५५४ उपचारपछि निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ । ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार १५३ होम आइसोलेसनमा छन् । १० हजार १७६ सय जनाको आज पिसिआर परीक्षण भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *