काठमाडौं, २७ भदौं–पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
शुक्रबार र बिहीबार ५-५ जना र बुधबार र मंगलबार ६-६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार २०१ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
