विराटनगर, २८ भदौं–एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले सूचना जारी गर्दै आइतबारदेखि ओपिडी सेवा सञ्चालन आएको जानकारी दिएका छन्।

स्थानीय, प्रदेश र संघीय सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गएको कारण प्रतिष्ठानले पनि ओपिडी सेवा सुरु गर्ने निर्णय गरिएको अस्पताल निर्देशक साहले जानकारी दिए। साहका अनुसार ओपिडी सेवालाई सुरक्षित र व्यवस्थित गर्नको लागि चाहिने पिपिई, आवश्यक सुरक्षा, सामाजिक दुरी, हातधुने लगायतको प्रबन्ध गरिएको छ।

प्रतिष्ठानमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि प्रतिष्ठानले साउन २८ गतेदेखि ओपिडी सेवा बन्द गरेको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *