एजेन्सी (काठमाण्डौं), २८ भदौं–जापानी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन्। बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन्।
आइतबार बिहान भएको खेलमा ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जित निकाल्दै उपाधिमाथि कब्जा गरिन्। उनले १–६, ६–३ र ६–३ को सेटमा जित निकालेकी हुन्। उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिइन्।
