काठमाडौं, २८ भदौं–इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सुखद सुरुवात गरेको छ। गएराति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै साविक विजेता लिभरपुरलले सुखद सुरुवात गरेको हो। एनफिल्मा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे। यस्तै, भिर्गिल भान डाइकले एक गोल गरे।

लिड्सका ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक–एक गोल फर्काए। गएराति नै भएको अर्को खेलमा आर्सनलले विजयी सुरुवात गरेको छ। उसले फुलहमलाई ३–० गोल ले पराजित गरेको हो। अन्य खेलहरुमा क्रिष्टल प्यालेसले साउथ ह्याम्पटनलाई १–० र न्युक्यासलले वेष्ट ह्यामलाई २–० ले पराजित गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *