काठमाडौं, २८ भदौं–सिन्धुपाल्चोक, बाह्रबिसेको पहिरोमा हराएकामध्ये ४ जनाको शव फेला परेको छ । स्थानीय शिक्षक बजीरसिंह भण्डारीका अनुसार बिहानीपख ३ बजेको आसपासमा गएको पहिरोमा परी कम्तीमा २५ घरमा क्षति पुगेको छ ।

भीरखर्कबाट सुरु भएको पहिरोले नागपुगेको बस्ती नै छोपेकाले यति नै घरमा क्षति पुगेको भनेर भन्न कठिन रहेको उनले जानकारी दिए । “बिहानीपख पहिरो गएको हो । भीरखर्क ठाउँ छै जोखिममै थियो ।

ठाडो भिरालो जमिन भएकाले पहिरोको सम्भावना नै थियो । तर, नागपुगेचाहिँ समथर ठाउँमै पर्छ । डेढ किलोमिटर लामो पहिरो गएको छ । अहिलेसम्म ४ जनाका शव फेला परेको छ,” उनले भने ।

सिन्धुपाल्चोकका दुई ठाउँमा भीषण पहिरो – २३ जना बेपत्ता

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी पुगिसकेको छ । त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी पनि पुगेर उद्धार र खोजीमा खटिइसकेका छन् । नेकपा, नेपाली कांग्रेस पार्टीका स्वयमसेवी कार्यकर्ता पनि स्वतःस्फूर्त खोजी, उद्धारमा जुटेको भण्डारीको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *