काठमाडौं, २८ भदों–सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । उनी बिहानै स्थलमार्गबाट हुँदै सो क्षेत्र प्रस्थान गरेका हुन् ।
गएरातिको बाह्रबिसे नगरपालिका ७ नागपुजे र भीरखर्कमा पहिरो जाँदा २३ जना वेपत्ता भएका छन् । २ जनाको शव फेला परेको छ ।
