युएई, २८ भदौं–गुल्मी जिल्ला सत्यवती गाउँपालिका-४, साविकको लिम्घा गाविसका युवाहरूले आफ्नो गाउँका मृगौला पीडितलाई युएईबाट आर्थिक सहयोग गरेका छन् ।
सामान्य आर्थिक अवस्थाका शान्तिमान सिन्जालीका ३६ वर्सिय छोरा तिर्थ सिन्जाली मिर्गौलारोगबाट पीडित भएको र निजको दुबै मिर्गौला फर्नु पर्ने भएकोले सोही गाउँबाट युएई आएका मनकारी युवाहरूको समुहले २७ हजार २ सय २५ रुपैयाँ सहयोग गरेको अभियन्ता तथा लिम्घा युवा समुहका होम परियारले जानकारी दिएका छन् । उपचारमा ठुलो धनराशि लाग्ने हुदा सिन्जालीको लागि सानो सहयोग स्वरूप समुहका निरन्जन शाही र गिता ज्ञवालीको बिशेस पहलमा युएईमा कार्यरत लिम्घाबासीहरुले सहयोग रकम जुटाएर पठाएका हुन् ।
परदेशमा भए पनि आफ्नो गाउँघरको समस्यामा सहयोग गर्न पाउँदा गर्वको अनुभव भएको अभियन्ता निरन्जन शाहीले बताएका छन् ।
यो अभियानमा निरन्जन शाही, गिता ज्ञवाली, बिक्रम ज्ञवाली, गुन बहादुर परियार, तिलबिर खप्तरी, गोकर्ण रगङ्गा शाही, शेर बिक, मुना कोईराला, होम परियार, उषा थापा, निर्मला ज्ञवाली, सुमित्रा ज्ञवाली, छविलाल बिक, देबु बिक र बिष्णु शाहीले प्रत्यक्ष आर्थिक सहयोग गरेको अभियन्ता गीता ज्ञवालीले जानकारी दिएकी छन् ।
सहयोगी बिष्णु शाहीले आफै उपस्थिति भएर पीडितको बुवालाई उक्त रकम हस्तान्तरण गरेको र अन्य सहयोगी दाताहरुबाट पनि आर्थिक सहयोग प्राप्त भएकोले नेपालको लकडाउन अलि खुकुलो भएपछि मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको पीडितका बुबाले जानकारी दिएका छन् । पीडितका बुबा शान्तिमानले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
