काठमाडौं, २८ भदौं–पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ३९ जना कोरोना संक्रमित बढेका छन्। थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार ९१९ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना कोरोना संक्रमण मुक्त भएका छन्।
कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित मिडिया प्रेस ब्रिफिङका क्रममा जानकारी दिए। आजसम्मको तथ्यांकअनुसार देशभरमा १५ हजार २१७ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा ९ हजार १६५ वटा पिसिआर परीक्षण भएको पनि प्रेस ब्रिफिङका क्रममा उनले जानकारी दिए।
