विराटनगर, २८ भदौं–विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको छ। शनिबार स्वाब दिएका पोखरेललाई कोरोना संक्रमण भएको रिपोर्ट आइतबार आएको हो। विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना देखिएको पुष्टि गरेका छन्।

प्रदेश प्रयोगशालामा गरिएको स्वाब परिक्षणको रिपोर्टमा प्रमुख प्रशासकीय अधिकृत पोखरेलमा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले बताए। प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना पृष्टी भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन्।

महानगरको कर्मचारी संयन्त्रको नेतृत्व गर्ने पोखरेललाई कोरोना देखिएपछि महानगरको अत्यावश्यकबाहेक सेवा ५ दिन बन्द गर्ने तयारी गरिएको छ। यसअघि विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल र विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना देखिएको थियो।

वडाध्यक्ष पोखरेललाई संक्रमण देखिनुअगाडि प्रशासकीय अधिकृत पोखरेल एउटै बैठकमा सहभागी भएका थिए। उनलाई त्यहि बैठकबाट कोरोना संक्रमण भएको अनुमान महानगरका कर्मचारीले गरेका छन्। विराटनगरमा अहिलेसम्म १ हजार ३ सय ६४ जनालाई संक्रमण पुष्टि भइसेकको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *