एजेन्सी, २८ भदौं–हाम्रो देशमा यौन सम्बन्धि कुरा गर्न लाज मानिन्छ तर, खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो । सेक्सबाट ब्लड प्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ । एक सर्वेका अनुसार नियमित यौनसम्पर्कबाट मुटुरोग को सम्भावना पनि कम रहन्छ भने राम्रो संग गरिने यौनसम्पर्कले मानशिक तनाब पनि काम हुन्छ ।
जो व्यक्ति नियमित यौनसम्पर्क गर्छ उसको बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । एक सर्वेका अनुसार नियमित यौनसम्पर्कले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाईदिन्छ ।
यौनसम्पर्कले इम्युन सिस्टम बढाउने काम गर्छ
-खोजका अनुसार यौनसम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले तपाईको स्वास्थ्यमा सकारात्मक असर पर्छ, त्यसका साथै तपाई आफुलाई ताजा र स्वस्थ–स्फुर्त महशुस गर्नुहुन्छ । यौनसम्पर्कले इम्युन सिस्टम लै बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ ।
यौनसम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छ
-यौनसम्पर्कले केवल तपाईलाई आनन्द मात्र दिदैन यसले महिलालाई यौनसम्पर्कका बेला रक्तसंचार बढाएर शारीरिक रुपमै फिट राख्न मद्दत गर्दछ ।
महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगी
-यौनसम्पर्क महिलाहरुलाई कयौ कुरामा फाईदाजनक हुन्छ । यौनसम्पर्कको बेला महिलाले ओर्गाम्ज पूर्णरुपमा हाशिल गर्दछन जसबाट उनको माम्सपेशीहरु मजबुत गर्नमा सहयोक गर्दछ ।
यौनसम्पर्कले उच्च रक्तचापलाई कम गर्छ
-यौनसम्पर्क र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले मानिसको रक्ताचापलाई सन्तुलनमा ल्याउन ठुलो भूमिका खेल्ने गर्दछ ।
यौनसम्पर्क एउटा राम्रो कसरत हो
-यौनसम्पर्क गर्दा जोडीले आफ्नो सबै अंगहरुलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत साबित हुन्छ ।
यौनसम्पर्कले हृदयघातको समस्या बाट बचाई राख्न मद्दत गर्छ
-यौनसम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष कोषमा रक्तसंचार हुने भएकाले यस्ले हृदयघातको सम्भावना कम गर्दछ । प्राप्त जानकारी अनुसार हप्तामा दुई पटक यौनसम्पर्क गर्नाले हृदयघातको सम्भावना कम हुन्छ ।
यौनसम्पर्कले दुखाई कम गर्छ
-दुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौं तर अनुसन्धानले यौनसम्पर्क गर्दा दुखाई चक्की ले भन्ध छिटो र दिर्घकालिन हुने पाईएको छ ।
यौनसम्पर्क प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ
-पुरुषलाई महिनामा २१ पटकको पूर्ण यौनसम्पर्कले प्रोस्टेट क्यान्सर को सम्भावना कम गर्ने बताईएको छ ।
यौनसम्पर्कले राम्रो निन्द्रा दिलाउदछ
-यौनसम्पर्क गरेपछि मानिसले ओक्सितोसिन र प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भई निन्द्रा आउछ ।
यौनसम्पर्कले मानसिक तनाब कम गराउछ
-यौनसम्पर्कको बेला मानिसले चुम्बन गर्ने अंगालो हाल्ने सरिसक विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले मानिसले सबै मानिसिक पिडा बिर्सेर आफुलाई यौनसम्पर्कमा नै केन्द्रित गर्छ, जसबाट उसले सबै प्रकारले तनाब भुल्दछ ।
