ताप्लेजुङ, २८ भदौं–एक नम्बर प्रदेशकी सांसद होमकुमारी साँवाले एक युवतीलाई अपशब्द प्रयोग गर्दै गाली गरेका कुरा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई नेकपाले तीन महिनाका लागि निलम्बन गरेको छ ।

नेकपा ताप्लेजुङकी सदस्य समेत रहेकी साँवाले ती युवतीलाई म्यासेन्जरमा कुराकानीका क्रममा अपशब्द प्रयोग गरेकी थिईन् । त्यो कुराकानी युवतीले नेकपा पार्टी कार्यालयका सदस्य सन्तोष खतिवडालाई देखाएकी थिईन् । खतिवडाले सो म्यासेज स्क्रिन सट गरेर लगेका थिए ।

पछि फेसबुकमा फेकआईडी मार्फत उनीहरुबीचको कुराकानी सार्वजनिक भएको थियो । सो फेकआईडीमा प्रदेश सांसद बलबहादुर साम्सोहाङको तस्बिर समेत रहेको पाइएपछि उनीपनी पार्टीको छानबिनमा परेका छन् ।

नेकपाले ताप्लेजुङ जिल्ला इन्चार्ज भास्कर काफ्लेको संयोजकत्वमा प्रदेश सदस्यहरू मिङमाडन्डु शेर्पा र प्रदेश परिषद् सदस्य राम सुवेदी रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सो समितिले सांसद साँवालाई निलम्बन र सांसद साम्सोहाङ र सदस्य खतिवडालाई आत्मालोचना गराउन सिफारिस गरेपछि जिल्ला कमिटीले अनुमोदन गरेको थियो ।

ब्लाष्ट खबरबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *