झिलझिले, २९ भदौं–सम्बन्धीत सरोकारवाला निकायको उचित ध्यान नपुग्दा झापाको शिबसताक्षी–८ र ११ लाई छुट्याउने झिलझिलेस्थित सतासी खोलाको पुल कमजोर बन्दै गएको छ । पूर्वपश्चिम लोकमार्गमा पर्ने सतासी खोलाको पुलहुदै दैनिक सयौको संख्यामा साना–ठूला सवारीसाधनहरु ओहोर–दोहोर गर्छन् । सोही पुलको दक्षिणमा पुर्व–पश्चिमतर्फको दुबै पिलरलाई क्षति हुनेगरी त्यहाँको जमिन सतासी खोलामा आएको बाढीले कटान गर्दा पुल कमजोर बन्दै गएको हो ।

गत वर्ष सतासी खोलामा आएको बाढीले कटान सुरु गरेको हो, स्थानीयवासी बिनोद राईले भने–वर्षाको समयमा कटान गर्यो, त्यसवारे स्थानीय सरकार र सडक बिभाग कार्यालयमा ध्यानकर्षण गरायौं । तर, यसवर्ष पुर्नःसतासी खोलामा आएको बाढीले कटान गरिरहदाँ पुलको अवस्था कमजोर हुनुका साथै कटान क्षेत्रलाई उचित व्यवस्थापन नगरे आसपासको जमिनमा अझै बढी क्षति हुन्छ, राईले भने ।

पेशाले नेपाल सरकारका स्वास्थयकर्मी समेत रहनु भएका राईका अनुसार गत वर्ष सडक बिभाग कार्यालय दमकमा खोलाले गरेको क्षति सम्बन्धीत कार्यालयमा मौखित र पछिल्लो समय निवेदन मार्फत जानकारी गराइएको हो । उनले सो क्रममा सडक बिभागको कार्यालयबाट आवश्यक प्रकृया पुरा गरेर कटानलाई नियन्त्रण गर्न कार्वाही अघि बढाइने आश्वसन पाएको बताए । कार्यालयले दिएको आश्वसनले अहिलेसम्म बसिरहयौ तर काम भएन, उनले भने ।

गत वर्षदेखी सतासी खोलाको पुलको दक्षिण भागको पुर्वपश्चिमतर्फ पुर्याइरहेको क्षति यसवर्षमा अझै बढी क्षति गरिरहेको भएपनि सडक बिभाग कार्यालय भने बेखबर छ ।

दैनिक सयौको संख्यामा आवत जावत गर्ने पुलको पिलरलाई समे क्षति हुनेगरी भइरहेको कटान तत्काल नियन्त्रणका काम गर्नुपर्ने शिबसताक्षी नगरपालिका वडा नं ११ का वडा सदस्य बहादुर आङ्बोले बताए । उनका अनुसार पुलको दक्षिणतर्फ पश्चिम वडा नं ८ स्थित बिनोद राईको घरलाई समेत असर पर्नेगरी पिलर आसपास कटान भइरहेको र पुर्वतर्फ वडा नं ११ मा पिलरलाई असर पर्नेगरी कटान भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *