काठमाडौं, २९ भदौं–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसैगरी, आइतबार कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।
