दमक, २९ भदौ–झापामा केही दिन यता कोरोना संक्रमणको दरमा कमी आएको छ । पछिल्लो तीन दिनमा तीन जनामा मात्र कोरोना देखिएको छ ।
शनिबार एक जना पनि कोरोना संक्रमित नभेटिएको झापामा आइतबार शिवसताक्षी नगरपालिकाका एक जना कोरोना संक्रमण भेटिएको थियो ।
आज कमल गाउँपालिकाका दुई जनामा मात्र कोरोना संक्रमण देखिएको छ । कमल–३ का एक महिला र एक पुरुषमा कोरोना देखिएको छ । उनीहरु स्थानीयबासी हुन् ।
